
सांकेतिक तस्विर
इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ ।
सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
ती शिक्षकमाथि १२ जना छात्रामाथि बलात्कार गरेको अभियोग लागेको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।
हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।
फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेर अभियोजकहरुले पुनरावेदन दायर गरेका थिए ।