
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु कोरोनाभाइरस (कोभिड १९) लाई लिएर चीनसँग असन्तुष्ट भएको र चीनविरुद्ध बहुत गम्भीर जाँच सुरु गरेको बताएका छन् ।
कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् ।
उनले भने,‘हामी चीनसँग खुसी छैनौँ, पूरै परिस्थितिसँग खुसी छैनौँ,’ उनले भनेका छन्, ‘किनकि कोरोनाभाइरस त्यही ठाउँमा रोक्न सकिन्थ्यो जुन जहाँबाट सुरु भएको थियो ।’
उनले कोरोनाभाइरलाई तत्काल रोक्न सकिने भए पनि पूरै विश्वमा अहिले फैलिनुमा चीनको हात रहेको आरोप पनि लगाएका छन् ।
चीनमाथि इशारा गर्दै ट्रम्पलाई भने, ‘उनीहरुले हामीलाई मात्रै होइन पूरा संसारलाई नै बचाउन सक्थे ।’कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्याउन नसकिने बताए।
त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि आरोप लगाएको यो पहिलो पटक होइन ।अमेरिकी राष्ट्रपति लगातार कोरोनाभाइरसको महामारीका लागि चीनमाथि अत्यधिक आलोचना गर्दै आएका छन् र आफूले यो महामारी नियन्त्रण गर्नका लागि अमेरिकाको सीमालाई चीनका लागि बन्द गरिदिएको पनि बताउने गरेका छन् ।
केही स्वास्थ्य विशेषज्ञले चीनसँग तयारीको पर्याप्त समय हुँदासमेत यसबारे बेवास्ता गरेको आरोप लगाउने गर्छन् ।
ट्रम्पको भनाई छ, ‘जे जति भयो त्यसका लागि एक देशलाई जिम्मेवार देखाउनु, यो कसैले पनि स्विकार गर्नेछैन ।’
ट्रम्पले कोरोनाभाइरसका कारण अमेरिकी राष्ट्रपति चुनाव सार्न सक्ने भन्ने गरिएका टिप्पणीको पनि खारेज गरिदिएका छन् ।
पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिलाई नोभेम्बरमा आयोजना हुने राष्ट्रपति चुनाव स्थगित गर्नेबारे विचार गरिरहनुभएको छ भनेर प्रश्न सोधियो ।
यसको उत्तर दिँदै उनले भने, ‘मैले चुनावको मिति सोच्नेबारे कहिले पनि सोचको छैन । म यस्तो किन गरुँला ? ३ नोभेम्बर । यो एउटा राम्रो नम्बर हो ।’
ट्रम्पले यसलाई एउटा प्रोपोगान्डाको संज्ञा दिएका छन् ।
स्रोतः बीबीसी