
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या दिन दिनै बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार २ लाख १७ हजार ७ सय ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमित ३१ लाख ३५ हजार ८ सय ९५ मध्ये ९ लाख ५२ हजार ९ सय ९० जना उपचारपछि निको भएका छन् ।
विश्वभर कुल २ लाख १७ हजार ७ सय ६३ जनाको मृत्यु भइसकेको छ।
आज बिहानसम्मको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय ६६ पुगेको छ भने संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ४२ हजार २ सय ३८ जना निको भइसकेका छन् ।
त्यस्तै, इटालीमा २७ हजार ३ सय ५९, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, बेलायतमा २१ हजार ६ सय ७८ को मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३१ हजार ३ सय ६० जनालाई संक्रमण पुष्टि भएको छ।
भारतमा मृत्यु हुनेको संख्या पनि एक हजार नाघेको छ। त्यहाँ १ हजार ८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
नेपालमा पनि ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।