
भारतमा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ७० बढीको मृत्यु भएको छ ।
भारतमा कूल ३१ हजार ३ सय ३२ कोरोना संक्रमित छन् ।
भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार ७ हजार ६ सय ९५ संक्रमित निको भएर घर फर्किएका छन् । एजेन्सी