
अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा (डिभी) को परिणाम कोरोना भाइरस (कोभिड—१९) का कारण प्रभावित भएको छ।
अमेरिकाको राज्य विभागले विविधता भिसा लोटरी (DV Lottery) आवेदकहर को नतिजा प्रकाशन मिती मे ५ बाट सारेर जुन ६ मा पुर्याएको छ ।

एक सुचना जारी गर्दै विभागका संसाधनहरू हाल कोविड्-१९ महामारी रोकथामको लागी प्रयोग भइरहेको र पहिलो प्राथमिकतामा विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई सहयोग पुर्याउनु रहेको जनाएको छ ।
नतिजा प्रकाशन मा केहि ढिलाई भएता पनि अक्टुबर १, २०२० देखी शुरु हुने अन्तर्वार्ताका लागी छनौट गर्ने हाम्रो क्षमतालाई नकरात्मक रूपमा प्रभाव पार्दैन पनि भनिएको छ ।
मार्च ५ मा सार्वजनिक हुने डिभीको प्रारम्भिक परिणाम मात्र हो। यसमा छनौट हुनु पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छानिएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन।
धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। नेपालबाट प्रत्येक वर्ष लाखौंले अमेरिकी डिभी चिट्ठा भर्दै आएका छन्।