
फेसबुकले पहिले देखी नै आफ्ना प्रतिस्पर्धीहरूको अनुकरण गर्दै आफ्ना सुविधाहरू विस्तार गर्ने गरेको छ । यसपटक जुम फेसबुकको प्रतिस्पर्धी बनेको छ ।
शुक्रवार सि एन एन संग कुरा गर्दै फेसबुक सिईओ मार्क जुकरबर्गले आफ्नो मेसेन्जर यापमा नयाँ भिडियो कन्फेरेन्स को सुविधा थप्दै छ ।
यस नयाँ सेवामा प्रयोगकर्ताहरूले एकै पटकमा कुनै समयसीमा बिना ५० जनासम्म लागी भिडिओ कन्फेरेन्स गर्न सक्नेछन । यस्को ठीक विपरित जुमको नि: शुल्क संस्करणले १०० व्यक्तिलाई अधिकतम एक पटकमा ४० मिनेटको लागि भिडिओ कन्फेरेन्स सुविधा दिदै आएको छ ।
फेसबुक प्रयोगकर्ताहरूले मेसेन्जरमा फेसबुक बाहिरका व्यक्तिहरूलाई पनि आमन्त्रित गर्न सक्दछन् । यो सुविधा प्रयोग गर्न फेसबुक हुन पर्ने जरुरी छैन ।
हाललाई भिडिओ कन्फरेन्स मेसेन्जर एप वा मुख्य फेसबुक प्लेटफर्म मार्फत चलाउन सकिन्छ, तर चाँडै नै यसलाई इन्स्टाग्राम र व्हाट्स एप मा पनि थपिनेछ।
यो सेवा यस हप्ता केही देशहरूमा उपलब्ध हुनेछ भने आउने हप्ताहरूमा विश्वव्यापी रूपमा विस्तार हुनेछ।