
मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ ।
उनी क्यान्सर रोगबाट पीडित थिइन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् । उनी संविधानसभा सदस्य थिइन् ।
क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।